नेकपाका अध्यक्षद्वय केन्द्रीय कार्यालय अवलोकन गर्दै

नेकपाका अध्यक्षद्वय केन्द्रीय कार्यालय अवलोकन गर्दै


काठमाडौँ – पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयको अवलोकन गर्दै छन् ।

एमाले र माआृवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ । यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज धूम्रबाराहिस्थित कार्यालयमा पुगी कार्यभार शुरु गरेका छन् । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।