निर्वाचन बहिस्कार गर्ने धर्मेन्द्र बास्तोलासहित तीन जना पक्राउ

निर्वाचन बहिस्कार गर्ने धर्मेन्द्र बास्तोलासहित तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे  छ । आज बिहान इलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट बास्तोलासहितलाई पक्राउ गरेकाे हो ।

भालुबाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले निर्वाचन बहिस्कार गर्ने उक्त पार्टीको नीति भएकोले सोधपुछका लागि नियन्त्रणमा लिएको बताए ।

‘नयाँ पार्टी रहेछ उहाँको । निर्वाचन पनि बहिस्कार गर्ने नीति रहेछ । त्यही भएर के कसो भनेर सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ’, डीएसपी रिजालले भने । कञ्चनसहितका नेताहरूलाई कोहलपुरतिर जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि जारी रहँदा बुटवलमा बम विस्फोट भएको थियो । विस्फोटस्थलमा कञ्चन नेतृत्वको पार्टीको पर्चा भेटिएको थियो । हालै नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारबाही गरेपछि कञ्चन नेतृत्वमा उक्त पार्टी गठन भएको हो ।

विप्लवले पनि कञ्चनलाई कारबाही गरेका थिए । विप्लप निर्वाचनको पक्ष र कञ्चन विपक्षमा छन् । यही विषयमा उनीहरूबीच मतभेद हुँदा अन्ततः पार्टी नै अलग भएको हो ।