दाङ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेता सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते नेताहरूमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन् । घाइते हुनेमधय् बुढाथोकी र शर्मालाई अरुभन्दा बढी चोट पटक लागेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बुढाथोकी र शर्माको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।
शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट रहेको प्रहरीले बताएको छ । तर घाइते सबै खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । मुख्य मन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका नेता दुर्घटनामा परेका हुन् ।
मुख्य मन्त्री सवार गाडी अगाडि अगाडि थियो भने दुर्घटनामा परेका नेता त्यसको केही पछाडि थिए । दुर्घटना बुधबार बिहान अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं। ८ देउरालीमा भएको थियो
प्रतिक्रिया