काठमाण्डु– नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित निकालेको छ ।
सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई १(० ले पराजित गरेको हो ।
नेपालको जितमा जिलेस्पीजंग कार्कीले गरेको गोल नै निर्णायक बन्यो। खेलको १२ औँ मिनेटमा जिलेस्पीले गरेको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो।
त्यसपछि खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि नेपालले ३६ वर्षपछि सिंगापुरविरुद्ध जित हात पारेको हो।
प्रतिक्रिया