सप्तरी – नेपाली सेनाको टोलीले एक गर्भिणी गाईको सकुशल उद्धार गरेको छ ।
सप्तरीको बिष्णुपुर गाउँपालिका–६ का रामेश्वर खंगले पालेको गर्भिणी गाई दुई छिमेकीको घरको बीचमा फसेर च्यापिएपछि नेपाली सेनाको टोलीले तीन घण्टा लगाएर उक्त गाईको उद्धार गरेको हो ।
स्थानिय र प्रहरीको लामो प्रयास असफल भएपछि राजविराजस्थित नेपाली सेनाको भीम दल गणका गणपति गुप्त बहादुर कुँवरको नेतृत्वमा १७ जनाको सैन्य टोलीले घरको छतमा चढेर डोरीलगायतका उद्धार सामग्रीको मद्दतले गाईलाई सकुशल उद्धार गरेको हो ।
प्रतिक्रिया