नेपाल बंगलादेशसॅग पाँच विकेटले पराजित

नेपाल बंगलादेशसॅग पाँच विकेटले पराजित


काठमाण्डु – आइसीसी यू-१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसॅग ५ विकेटले पराजित भएको छ ।

जितका लागि १ सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २६ औं ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे हाे । नेपालका लागि स्पिनर सुभाष भण्डारीले ५ विकेट लिएपनि खेलको नतिजा बदल्न सकेनन् ।

बंगलादेशका लागि अरिफुल इस्लाम र जिशान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा नटआउट ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिशानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १ बल बाँकी हुँदा अलआउट हुँदै १ सय ६९ रन जोडेको थियो । नेपालका लागि मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले सर्वाधिक ४८ रनको योगदान दिए । १ सय बलको सामना गर्दै ६ चौका प्रहार गरेका विशाल ४३ औं ओभरमा आठौं विकेटको रुपमा आउट भएका थिए । नेपालले अब शुक्रबार भारतको सामना गर्दैछ ।