काठमाण्डु– भोलिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ ।
एयरलाइन्सले ३ वटा उडान र अवतरनको तालिका परिवर्तन गरेको हो ।
भोलिबाट काठमाडौँ–नारिताको राति ११ः५० मा हुने उडान ९ः१५ बजे हुने छ भने ११ बजेको काठमाडौँ–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ ।
काठमाडौँ–दुबईको राति ११ः१५ को उडान ९ः३५ मा तय गरिएको छ ।
भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द रहनेछ ।
प्रतिक्रिया