काठमाडौं– नेपाल र बुर्किना फासोबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापित भएको छ।
राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्रसंघका लागि बुर्किना फासोका स्थायी प्रतिनिधि यमदाओगो एरिक तियारेले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेसँगै कुटनीतिक सम्बन्ध स्थापना भएको हो।
राष्ट्रसंघस्थित नेपाली नियोगका अनुसार दुवै राजदूतले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई यसबारे जानकारी दिँदै लेखिएको संयुक्त पत्रमा पनि हस्ताक्षर गरेका हुन्।
दुबै मुलुकबीच आपसी सहयोग सुदृढ सम्बन्धबारे छलफल भएको छ।
योसँगै नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या अब १५६ पुगेको छ।
प्रतिक्रिया