अफ्रिकी मुलुक एंगोलासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

अफ्रिकी मुलुक एंगोलासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना


काठमाडौं– नेपालले अफ्रिकी मुलुक एंगोलासँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।

 

 

राष्ट्र संघको प्रधान कार्यालयमा आयोजित समारोहमा दुवै मुलुकका राजदूतले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन्।

 

 

संयुक्त राष्ट्र संघका लागि नेपाल र एंगोलाका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र इस्मेल आब्राओ गसपार मार्टिनले हस्ताक्षर गरे।

 

नेपाल र एंगोलाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई दिइएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध १५४ मुलुकसँग विस्तार भएको छ।