काठमाडौं – सांसद रामकुमारी चौधरीले नेपाल–भारत सीमामा नेपाली सेना खटाउन माग गरेकी छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले सीमामा नेपालीले दुःख पाएकाले सेना परिचालन गर्नुपर्ने माग गरेकी हुन् ।
उनले केहीदिनदेखि नेपाली सुरक्षाकर्मीको हतियार खास्ने काम भारतीयले गरेको भन्दै त्यसको रक्षाका लागि सेना नै जानुपर्ने बताएकी हुन् ।
सांसद चौधरीले भनिन्, ‘नेपाली सेनालाई भात खुवाएर राख्ने होइन, व्यापार गराउने होइन । सशस्त्र प्रहरीलाई सपोर्ट गर्न सीमा क्षेत्रमा जानुपर्यो ।’
सांसद चौधरीले सीमा क्षेत्रमा जनतालाई एसएसबीले दुःख दिने काम गर्ने, पिलर सार्ने काम गर्ने गरेको बताइन् । अन्य सांसदहरुले सीमामा नेपाली सेना परिचालन गर्नुपर्ने आवाज उठाउँदै आइरहेका छन् ।
प्रतिक्रिया