सेनाले यसरी गर्दैछ सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको खोजी र उद्धार (फोटोफिचर)

सेनाले यसरी गर्दैछ सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको खोजी र उद्धार (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ मा गएको पहिरोमा परि हराइरहेका व्यक्तिहरुको खोजी कार्य जारी राखेको छ ।

नेपाली सेनाको गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म चार जना महिला, तीन जना पुरुष, पाँच जना बालिका र सात जना बालक गरि जम्मा १९ जनाको शव फेला पारेको छ ।

सेनाले उक्त पहिरोमा परि हराइरहेका २० जनाको खोजी कार्य जारी राखेको छ । ३० र ३१ गते नेपाली सेनाको एमआई–१७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरी उक्त स्थानमा पुर्याएको छ ।

स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खटिएको सेनाले जनाएको छ ।