काठमाडौं । गत आइतबार साँझ आएको हावाहुरीले बितण्डा मच्चाएको बारा जिल्लाको फेटा गाउँपालिकामा नेपाली सेना अस्थायी टहरा निर्माण कार्यमा जुटेको छ ।
फेटा गाउँपालिका–१, स्थित भलुही र भरवलिया–६, स्थित पुरैनियामा चन्दननाथ गणबाट खट्टिएको नेपाली सेनाको टोलीले भत्किएका संरचना हटाएर घरटहरा निर्माण गरिरहेको छ ।
सेनाको टोलीले भत्किएका घर टहराहरुको व्यवस्थापन, राहत वितरण तथा त्रिपाल टाङ्ने कार्य पनि गरिरहेको जनाएको छ ।
हुरी प्रभावित क्षेत्रमा लामखुट्टेले उस्तै समस्या बनाएको छ । आँधीले बिजुलीका पोलहरू ढाल्दा गाउँ अन्धकार बनेको छ ।
प्रतिक्रिया