जन्मदै जर्नेल हुने जमाना गयो, अब योग्य व्यक्तिले अवसर पाउँछन् : प्रधानमन्त्री

जन्मदै जर्नेल हुने जमाना गयो, अब योग्य व्यक्तिले अवसर पाउँछन् : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकार सहितको लोकतन्त्रको स्थापना भएको बताएका छन्।

मंगलबार बालुवाटारमा नेपाली सेनाको इन्द्रध्वज गणको बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको आधारहिन सिद्धान्तको समय सकिएकोले अब प्रतिष्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको सुरुवात भएको बताए।

‘अब जन्मदै जर्नेल हुने जमाना गयो,’ ओलीले भने, ‘अब सक्षम, प्रतिस्पर्धी,योग्य व्यक्तिले यस्ता अवसरहरु पाउछन्।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकारले जनताको,सेनाको,मजदुरको सबै पक्षको हितमा काम गर्ने बताए।

ओलीले नेपाली सेनाको गौरवपूर्ण इतिहास भएकोले भएको उल्लेख गर्दै यसले नेपालको अखण्डता,राष्ट्रियता,स्वाधिनताको रक्षामा सदा उच्च भूमिका निर्वाह गरेको बताए।

‘नेपाली सेनाले गौरवपूर्ण सेना हो, ’ प्रधानमन्त्री ओलीले भने, ‘सेनाले अब बंकरमा बस्नु नपर्ने बताए। ‘तालिमको बेला बाहेक सेनाले अब बंकरमा बस्नु पर्दैन,’ उनले भने, ‘सेनालाई व्यावशायिक,दक्ष र प्रतिस्पर्धी पनि बनाइन्छ।’