निर्वाचनको आठ दिन बाँकी रहँदा रक्षा सचिव र कामु प्रधानसेनापति मधेसमा

निर्वाचनको आठ दिन बाँकी रहँदा रक्षा सचिव र कामु प्रधानसेनापति मधेसमा


काठमाडौं–रक्षा सचिव श्रीधर सापकोटा र कायममुकायम प्रधानसेनापति शलदेवराज मतहले सप्तरी र रौतहट जिल्लामा भइरहेको सडक मर्मतको कार्यप्रगतिको निरीक्षण गरेका छन्।

 

गत साउनमा परेको अविरल वर्षाको कारण आएको बाढीले क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटो मर्मतमा नेपाली सेना जुटेको छ।

 

असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको निर्वाचनमा मतदान केन्द्रसम्म पूग्ने पहुँच मार्ग तथा सडक सञ्चालन गर्न स्थानीय निकायहरुसँगको सहकार्यमा नेपाली सेनाले धनुषा, सप्तरी र रौतहट जिल्लामा सडक मर्मत गरिएको हो।

 

 

सोही क्रमममा रक्षा सचिव र कामु प्रधानसेनापतिले मध्यपूर्वी पृतना हेडक्वार्टर, धनुषा र मध्य पृतना हेडक्वार्टर, मकवानपुरको समेत निरीक्षण भ्रमण गरेका छन्।

 

रक्षा सचिव सापकोटा र कामु प्रधानसेनापति महत आइतबार नै काठमाडौं फिर्ता भएका छन्।

 

भ्रमण टोलीमा पूर्वी पृतनापति गौरव तण्डुल, मध्य पृतनापति प्रभुराम शर्मा र मध्यपूर्वी पृतनापति ईश्वर हमालको पनि उपस्थिति रहेको थियो।