काठमाडौं- नेपाली सेनामा विभिन्न पदमा २७ सय जनाको भर्ना खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले सैनिक जवान,सहायक हुद्दा, अमलदार,ड्राइभर र लेखामा जमदार गरी २७ पदमा भर्ना खोलेको हो ।
भर्ना छनौटले सबैभन्दा बढी सैनिक जवानमा भर्ना खोलेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले सेनाको पृतना,बाहिनी र गणमा दरखास्त दिनसक्नेछन् ।
सेनामा सैनिक जवान हुन ८ कक्षा पास गरेको हुनुपर्ने अनिवार्य नियम छ । त्यसैगरी सुचीकार,चर्मकर्मी,माली,सिकर्मी र केशकर्तकमा भने सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् ।
सेनाले आफुलाई सजिलो हुने स्थानमा गएर दरखास्त दिन आइतबार सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।
प्रतिक्रिया