काठमाडौं–प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गीअड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्याराफिटसहित पुनर्निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानको उद्घाटन गरेका छन्।
खेल्ने भाग (प्ले एरिया १०५ मिटर रहेको खेल मैदानको प्रधानसेनापति क्षत्रीले शुक्रबार उद्घाटन गरेका हुन्।
इपिडियम सेन्थेटिक रबर प्रयोग गरिएको ४०० मिटर स्ट्यान्डर्ड ८ लेन भएको एथलेटिक्स ट्रयाकमा १०० मिटर दौड र ११० मिटर हडल्सको लागि थप २ लेन रहेको सैनिक जनसम्पर्कले जनाएको छ।
मैदानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको फुटबल, एथलेटिक्स, हाईजम्प, पोलभर्ट, लङजम्प, ट्रिपलजम्प, ज्याभ्लिन थ्रो, सटपुट, डिसकस थ्रो, ह्यामर थ्रोको अतिरक्ति स्टिपलचेस लगायतका खेल सञ्चालन गर्न सकिने छ। गत मंसिर ८ गते शिलान्यास भएको खेल मैदान करिब १० महिनाको अवधीमा सम्पन्न भएको हो।
प्रतिक्रिया