काठमाण्डु–अखिल नेपाल फुटबल संघ एन्फाले साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट नबेच्ने बताएको छ ।
बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको छ ।
एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ ।एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेछन् ।
टिकट अनलाइनबाट खरिद गर्न सकिने छैन । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ ।
यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्रीमा जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढि टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बिक्री गर्न लागेको हो ।
प्रतिक्रिया