नेपाल र बंगलादेशबीचको खेल समय परिवर्तन, दर्शकले रंगशालामै हेर्न पाउने

नेपाल र बंगलादेशबीचको खेल समय परिवर्तन, दर्शकले रंगशालामै हेर्न पाउने


काठमाण्डु – नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको दुई मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ ।

नयाँ समयानुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि (बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदैछ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारण गरेको खेल समयलाई परिवर्तन गरेको हो ।

दशरथ रंगशालामा हुने दुबै खेल साँझ ५ बजेका लागि सारिएको छ । यसअघि एन्फाले दुबै खेल साँझ ५ः ३० मा हुने जनाएको थियो । नेपाल र बंगलादेशबीचको दुबै खेल फिफा विन्डोजमा पारेर आयोजना हुँदैछ । जुन खेलले फिफा वरियतामासमेत प्रभाव पार्नेछ ।

यस्तै एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिने भएको छ । खेलको भीआईपीतर्फको टिकट ५ सय रहेको छ भने सामान्यतर्फको टिकटदर २ सय रहेको छ ।