काठमाण्डु- नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्रा.डा. विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ ।
अध्यक्षमा मिश्र २ हजार ४३१ मतले विजयी भएका हुन् । मिश्रले ५ हजार ५२ मत पाउँद उनका प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले २ हजार ४२१ मत ल्याएका छन् ।
चैत २३ गते शनिबार मतदान सम्पन्न भएकामा बिहीबार मतगणना सकिएको हो। बारको महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्। मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।
मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा र बागमतीबाट तेजबहादुर रावल विजयी भएका छन्।
गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा उपाध्यक्ष निर्वाचित भएका छन्।
महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले जितेकी छन्। यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन्।
विभिन्न समावेशी समूहबाट चिरञ्जीवी तिल्क्यानी, सूर्यकुमार यादव, रिंकुकुमारी यादव, राजकुमार श्रेष्ठ, मंगलसुन्दर शिल्पकार, इन्दिरा आचार्य, रञ्जिता कार्की, किरण पौडेल सदस्यमा निर्वाचित भएका छन्।
खुला सदस्यमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनाली फराकिलो अग्रतासहित विजयी भएका छन्।


प्रतिक्रिया