काठमाण्डु-आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ ।
नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।
लिग–२ को दोस्रो संस्करण अन्तर्गत खेल्न लागिएको खेलमा नेपाल जितसहित खाता खोल्न चाहन्छ ।
क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय शृङखला अन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई/दुई खेल लेख्नेछ । नेपालले क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँग असोज २ र ८ गते खेल्ने छ ।
नेपाललले ७ महिनापछि आईसीसी विश्वकप लिग–२ का खेल खेल्न लागेको हो । फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४÷२०२६ अन्तिमसम्म चल्ने लिग–२ को सुरुवात भएको थियो । त्यसपछि नेपालले खेलेको थिएन ।
यो शृङ्खलापछि नेपालले क्यानडा र ओमानसँग टी–२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।
त्यसपछि नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।
प्रतिक्रिया