काठमाण्डु-नेपाल-चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक काठमाडौंमा आज सुरु भएको छ ।
बैठकमा चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुन बेइदोङ सहभागी छन् ।
दुईपक्षीय सम्बन्धका सबै विषयमा छलफल गर्ने यो कर्मचारीस्तरको उच्च संयन्त्र हो । संयन्त्रको यसअघिको बैठक २४ चैत २०७९ मा बेइजिङमा भएको थियो ।
बैठकमा दुई देशका शीर्ष नेताहरूबीच यसअघि भएका सबै सम्झौताको कार्यान्वयनको अवस्थाबारे समीक्षा भइरहेको छ । यस्तै बिआरआई कार्यान्वयन योजनाका विषयमा पनि बैठकमा छलफल जारी छ ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव सेवा लम्साल र चीनको नेतृत्व सुनले गरिरहेका छन् ।
नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ ।
प्रतिक्रिया