काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्री त्यसतर्फ जाने भएका छन्।
प्रधानमन्त्री ओलीको असार ५ मा हुने चीन भ्रमणपछि प्रधानसेनापति क्षत्री चीन जानेछन्। ‘सगरमाथा फ्रेन्डसिप’ को दोस्रो संस्करण नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुनेछ। संयुक्त सैन्य अभ्यास चीनमा हुनेछ।
गत वर्ष वैशाख ३ देखि १२ गतेसम्म काठमाडौंको महाराजगन्जस्थित विशेष बाहिनीमा नेपाल र चीनका सेनाहरुबीच सैन्य अभ्यास भएको थिया।
सैनिक प्रवक्ता गोकुल भण्डारीले संयुक्त सैन्य अभ्यासको तयारी भइरहेको बताए। यद्यपी, स्थान खुुलाएनन्।
आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती दृष्टिगत गरी दुवै देशका विशेष सेनाले गत वर्ष पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्दै आएका छन्।
प्रतिक्रिया