नेपाल र चीनबीचको खेल शुरु

नेपाल र चीनबीचको खेल शुरु


काठमाडौं – शुक्रबारदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल सुरु भएको छ । थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको छ । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड पुगिसकेको थिए । उपाधि जित्ने लक्ष्य लिएको नेपाल चीनलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रने मुख्य प्रशिक्षक विनोद दासले जानकारी दिए ।

नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी सहभागी छन् । रुविना क्षेत्री ९वेलवासे०को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल तथा वैकल्पिक खेलाडीमा रितुकुमारी कनोजिया, सुमन बिष्ट र सब्नम राई छन् ।

प्रतियोगितामा १० टोलीको सहभगिता रहेको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मार छन् । नेपालले दोस्रो खेल भोलि आइतबार मलेसियासँग, तेस्रो खेल सोमबार संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ । अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।