काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध लेनदेनभन्दा माथी रहेको बताएका छन् । हिमाल झैं उच्च र अटल रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफल कार्यक्रममा सोमबार बोल्दै दुई मुलुकबीचको सम्बन्धलाई हिम नदीझैं स्वच्छ र अविछिन्न रहेको बताए ।
प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको मित्रता खुला, स्वतन्त्र र अटल रहेको पनि स्पष्ट पारे ।‘ दुई मुलुकबीचको मित्रता स्वार्थहरुको लेनदेन भन्दामाथि तथा आपसी सम्मान, शान र सहयोगमा आधारित रहेको छ ।’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीले चीन र नेपालको सम्बन्ध आपसी शान, सम्मान अनि सहयोगमा आधारित रहेको बताए । उनले नेपाल सधै एक चीन नीतिप्रती स्पष्ट र दृढ रहेको धारणा राखे ।
समयक्रममा दुई देशबीच आईपर्ने समस्याहरुलाई मैत्रीपूर्ण ढंगले आपसी संवादको माध्यमबाट अघि बढाउने प्रधानमन्त्रीको भनाई थियो । उनले नेपालको चाहना चीनसँगको सहकार्यबाट विकास निर्माणको कामलाई अघि बढाउने रहेको बताए ।
प्रतिक्रिया