काठमाडौं– नेपाल–चीन जोड्ने थप १३ सडक खुलाउन बुधबार दुबै देशबीच सम्झौता हुने भनिएकोमा तत्कालका लागि टरेको छ।
दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये पाँच सडकको स्थलगत अध्ययन गर्नुपर्ने बताएपछि तत्कालका लागि सम्झौता टरेको हो।
चीनले तातोपानी नाका सधैंका लागि बन्द गर्नुपर्ने प्रस्ताव गरेपछि नेपालले अस्वीकार गरेको र थप सडक खुलाउन सम्झौता हुन नसकेको खबर सार्वजनिक भएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने खण्डन गरेको छ।
नेपाली वार्ता टोलीका प्रमुख भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधानका अनुसार चीनले प्रस्तावित १३ नाकामध्ये पाँचवटाको स्थलगत अध्ययन गर्नुपपर्ने जवाफ दिएपछि तत्कालका लागि सम्झौता टरेको हो।
तीन महिनामा चिनियाँ पक्षले स्थलगत अध्ययन गरेपछि पुनः वार्ता गरी सम्झौता संशोधन गर्ने सहमति भएको उनले दाबी गरे।
नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत अहिलेसम्म चीन हुँदै तीन नाका खुला गर्नेबारेको प्रोटोकलमा सम्झौता भएको छ। तिनीहरूमा खासा–यारी, खासा–रसुवागढी र खासा–ओलाङचुङगोला हुन्।
प्रतिक्रिया