काठमाडौं – इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली राष्ट्रिय टिम पाँच विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एमसीसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै नेपालले एमसीसीविरुद्ध जीत हासिल गरेको हो ।
नेपालको जितमा पवन शर्राफ, ललित राजवंशी र विनोद भण्डारी नायक रहे । एमसीसीविरुद्ध खराब सुरुवात गरेको नेपालको पारीलाई शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारीले जोगाएका हुन् ।
प्रतिक्रिया