काठमाडौं– नेपाल कम्युुनिस्ट पार्टीले विधान बनाउन कार्यदल गठन गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले १५ दिनभित्र परिमार्जित विधान बनाउने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलमा भीम रावल, देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोख्रेल, रेखा शर्मा र रामनारायण विडारी सदस्य छन्। बैठकले सबै सांसदहरुलाई सरकारका नीति तथा कार्यक्रमको पक्षमा उभिन निर्देशन पनि दिएको छ।
विधान बनेपछि सोही विधानका आधारमा पदाधिकारी नियुक्त गरिनेछ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणमा प्रत्यक्ष र परोक्ष रुपमा योग्यताको प्रदर्शन र अनुगमनमा सक्रिय रहन सांसदहरुलाई निर्देशन दिए ।
बुधबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल हुँदैछ।
प्रतिक्रिया