नेपाल कम्युनिष्ट पार्टी ‘अन्डरलाइन’आयोगमा दर्ता

नेपाल कम्युनिष्ट पार्टी ‘अन्डरलाइन’आयोगमा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नवगठित नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरिएको छ।

नवगठित पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘ प्रचण्ड’ ले आयोगमा पुगेर पार्टी एकता गरेका हुन्। उनीहरुले दल दर्ताका लागि निवेदन दिन दिए।

निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा कुनै समस्या नआउने उनको दाबी छ।

ओलीले भने, ‘दुई पार्टीको फरक अस्तित्व समाप्त भयो, यो कानूनी हिसाबले पनि दर्ता हुनु जरुरी छ, अब हामी दुवै पार्टी विधिवत् रुपमा एउटै भएका छौँ ।’

प्रचण्डले पार्टी एकता गर्ने सहमति भएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढ्नका लागि दल दर्ता गरिएको बताए।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्र सफल पार्न धेरै दल हुनुभन्दा दलबीच पार्टी एकता हुनु मुलुकका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै आयोगका तर्फबाट बधाई दिए।