उपाधिका लागि नेपाललाई २१४ रनको लक्ष्य

उपाधिका लागि नेपाललाई २१४ रनको लक्ष्य


काठमाण्डु –  नेपालले जिम्बावे ‘ए’विरुद्धको तीन एकदिवसिय सिरिजको उपाधिका लागि २१४ रनको मध्यम लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी अन्तिम तथा निर्णायक खेलमा जिम्बावे ‘ए’ले ३२.१ ओभरमा १० विकेट गुमाउँदै २१३ रन बनाएको हो ।

जिम्बावे एका लागि ओपनर तडिवानासे मरुमणिले अर्धशतकिय पारी खेले । उनले ५० रनकाे याेगदान गरे ।अर्का ओपनर इनोसेन्ट कैया १२ रनमै आउट भए । कुडजाइ मौन्जेले ३९ रन, जोनाथन क्याम्पबेलले ३ रन, केफास झुवाओले १६ रन, रोय काइयाले ३६ रन, टोनी मुन्योंगाले २० रन, ब्राड इभान्सले ७ रन, लुक जोंगवेले १९ रन, ब्रान्डन मावुताले ६ रन जोडे ।

नेपालका लागि किशोर महत्तोले पाँच विकेट लिए । सोमपाल कामीले दुई विकेट लिँदा करन केसी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । नेपाल र जिम्बाब्बे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ । पहिलो खेलमा जिम्बाब्बे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता जिम्बाब्बे भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ ।