काठमाण्डु- आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो व्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको बतानाएको हो । युएईका लागि ओपनर मोहम्मद वासिमले ७० रन बनाए । उनले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
अर्का ओपनर चिराग सुरी ४ रन बनाएर जितेन्द्र मुखियाको बलमा बोल्ड भए पनि त्यसपछि आएका भृत्य अरविन्दसँग मिलेर वासिमले ५२ रनको साझेदारी गरे । अरविन्द ४६ रन बनाएर आउट भए । खेलको सुरुवातमा उच्च लयमा रहेका ओपनर चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गर्दै नेपालले महत्वपूर्ण सफलता लिएपनि त्यसपछि भने खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । आजको खेल जित्ने टिम विश्वकपका लागि छनाेट हुनेछ ।
प्रतिक्रिया