नेपालका पाँच युवा क्रिकेटरलाई बैंगलोरमा क्याम्पको मौका

नेपालका पाँच युवा क्रिकेटरलाई बैंगलोरमा क्याम्पको मौका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका पाँच युवा क्रिकेटरले भारतको बैंगलोरमा दुई हप्ताको हाइ पर्फमेन्स क्याम्प पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बैंगलोरमा जस्ट क्रिकेट एकेडेमीमा डेब्लोमेन्ट प्रोग्रामअन्तर्गत रहेर प्रशिक्षण गर्ने बताएको छ ।

क्रिकेटर लोकेशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल अलामले अवसर पाएका हुन् । खेलाडी आज राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।