नेपालको अर्थतन्त्र १.९९ प्रतिशतले ऋणात्मक, प्रतिव्यक्ति आय ११३४ डलर

नेपालको अर्थतन्त्र १.९९ प्रतिशतले ऋणात्मक, प्रतिव्यक्ति आय ११३४ डलर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालीहरुको प्रतिव्यक्ति आय बढेको छ । राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको हो ।

आधार वर्ष सन् २०००/०१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्षअनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको विभागले जनाएको छ ।

त्यस्तै राष्ट्रिय लेखा तथ्यांकको २०१०/११ लाई आधार वर्ष मानेर गरिएको गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको विभागले जनाएको छ । यसअघि २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएकामा आधार वर्ष फेरिएपछि अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको हो ।

२०००/०१ काे तुलनामा आधार वर्ष परिवर्तन हुँदा नेपालको अर्थतन्त्र १४.१ प्रतिशतले बढेको हो । आधार वर्ष परिवर्तनसँगै अर्थतन्त्रको उपसूचक पनि १७ बाट विस्तार भएर २१ पुगेको छ । नेपालमा पाँचौँपटक आधार वर्ष परिवर्तन भएको विभागले जनाएको छ ।

राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तन हुँदा अर्थतन्त्रमा खासै परिवर्तन नहुने तर परिष्कृत, विश्वसनीय र समयसापेक्ष तथ्यांक आउने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विश्वमा पनि हरेक १० वर्षमा राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तन गर्ने गरिएको छ ।