साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा


काठमाण्डु – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हाे । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।

त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेटभित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् । नेपालले अब उपाधिका लागि बंगालदेशसँग भिड्नेछ।