वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल र हङकङ खेल्दै

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल र हङकङ खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा सोमबार नेपाल र हङकङ खेल्दैछन् । खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुनेछ ।

यसअघि आइतबार भएको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन् । सबै टोलीले एक–अर्कासँग समान दुई-दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।