काठमाण्डु– एकदिवसीय यू–१९ सिरिजअन्तर्गत नेपालले हङकङलाई २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनायो ।
नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे । १०९ बल खेलेका ओपनर कुँवरले ९ चौका र एक छक्का प्रहार गरे । सन्तोष यादव ५४ बलमा ६६ रनमा अविजित रहे ।
हङकङका डेनियल म्यापले सर्वाधिक ३ विकेट लिए ।
प्रतिक्रिया