नेपालले हङकङलाई ६ विकेटले हरायो

नेपालले हङकङलाई ६ विकेटले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङविरुद्ध सान्त्वना जित निकालेको छ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले हङकङलाई ६ विकेटले हरायो ।

१०५ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्।

त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए।

पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन्।

हङकङका इमा लाई र काउर महेकदीपले एक एक विकेट लिए।

यो खेल जितेपनि नेपाल फाइनलमा पुग्न सकेन । नेपालले ले ६ खेलमा २ खेल जित्यो।

यसअघि ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

हङकङका लागि शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरिन् । त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् ।