काठमाडौं – मलेसियामा जारी एसीसी अण्डर १९ एसियाकप छनौटको उपाधि नेपालले जितेको छ । नेपालले प्रतिद्धन्द्धी हङकङलाई ५ विकेटले पराजित गरेर उमेर समुहको महत्वपुर्ण उपाधि हासिल गरेको हो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङ ७७ रनमा समेटिएको थियो । नेपालले हङकङले दिएको ७७ रनको चुनौती १४ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेट्टाउन सफल भयो ।
नेपालको तर्फबाट कप्तान दीपेन्द्रसिंह ऐरीले २२ रन, सन्दिप सुनारले १९ र अनिल कुमार शाहले १६ रनको बनाए भने नेपालको तर्फबाट ओपनर रहेका आसिफ शेख १ र सुमित महर्जन बिना स्कोर पभेलियन फर्केका थिए । युवा खेलाडी प्रनित थापा मगर १९ रनमा नटआउट रहे ।
यसअघि क्वालालामपुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको हङकङ ३२ दशमलव १ ओभरमा ७६ रनमा समेटिएको थियो । हङकङका ओपनर हारप्रित सिंहले सबैभन्दा बढी २० रन बनाएका थिए ।
नेपालको तर्र्फबाट सन्दिप लामिछाने र सहाव आलमले निकै घातक वलिङ गरेका थिए । खेलमा लामिछाने र आलमले तीन–तीन तथा अनिल कुमार शाह र दिपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिएका थिए । यससंगै नेपाल र हङकङ दुवै टिम अण्डर १९ एसियाकप क्रिकेटका लागि छनौट भएका छन् ।
प्रतिक्रिया