काठमाण्डु- १९ वर्षमुनिको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र हङकङले आज दोस्रो खेल खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा खेल हुने छ । यसअघिको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले हराएको थियो ।
आजको खेल जितेमा नेपालले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न हङकङको टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ । नेपाल र हङकङबीचको तेस्रो एकदिवसीय खेल शुक्रवार हुनेछ ।
१९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भइरहेको हो । विश्वकप एशिया छनोट आउने वर्षको अप्रिलमा काठमाडौंमा हुनेछ ।
प्रतिक्रिया