नेपाल-भारत सीमा समन्वय बैठक सम्पन्न : निर्वाचनको बेला सीमा नाका कडा गर्नेबारे छलफल

नेपाल-भारत सीमा समन्वय बैठक सम्पन्न : निर्वाचनको बेला सीमा नाका कडा गर्नेबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर नेपाल–भारत सिमा समन्वय बैठक सम्पन्न भएको छ । उतराखण्ड प्रदेशस्थित उधम सिंह नगरमा द्धिपक्षिय बैठक सम्पन्न भएको हो । बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षा,सिमापार अपराध नियन्त्रण र हुलाकी राजमार्गको काम कारवाहीको बारेमा छलफल भएको हो ।

बैठकमा गड्डाचौकी नाका सहज आवतजावत, लागुऔषध रोकथाम, नेपाल–भारत बस सञ्चालनमा देखिएका समस्या र बन्यजन्तुको तस्करी रोकथामलगायतका विषयमा छलफल भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।

अर्यालले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न भारतीय पक्षलाई आग्रह गरिएको जानकारी दिए ।

अर्यालले भने ‘निर्वाचनको ७२ घण्टाअघि सीमा सिल हुने गरेको छ । यसपटक पनि हामिले यो संवेदनशिलतालाई ध्यान दिन भनेका छौं । त्यसका साथै लागुऔषध रोकथाम गर्न दुवै देशमा सक्रियता बढाउने र हुलाकी राजमार्ग निर्माणमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको छ ।’