नेपाल–भारत मैत्रीपूर्ण खेल : पहिलो हाफमा नेपाललाई अग्रता

नेपाल–भारत मैत्रीपूर्ण खेल : पहिलो हाफमा नेपाललाई अग्रता


काठमाण्डु – अन्जन बिष्टको सुरुवाती गोलसँगै भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ ।

दशरथ रंगशालामा पहिलो हाफ सकिँदा नेपालले १–० को अग्रता बनाएको हो । खेलको ३६ मिनेटमा गोल गर्दै अन्जन बिष्टले नेपाललाई अग्रता दिलाएका हुन् ।

भारतका डिफेण्डर चिङ्लेन्सानसिङ र गोलकिपर गुरप्रीत सिंहको समन्वयको अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् । नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल आयोजना भइरहेको छ ।