दोस्रो मैत्रीपूर्ण खेल : भारतसँग नेपाल पराजित

दोस्रो मैत्रीपूर्ण खेल : भारतसँग नेपाल पराजित


काठमाण्डु – दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको हो ।

भारतका लागि फारुकहाजी कासम चौधरी र कप्तान सुनिल क्षेत्रीले एक एक गोल गरे । फारुखले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए ।

नेपालका लागि तेज तामाङले गोल गरेपनि हार टार्न सकेनन् । यसअघि बिहीबार भएको पहिलो खेलमा भारतले नेपाललाई १–१ गोलको बराबरीमा रोकेको थियो ।