काठमाडौं – यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले भारतलाई ११५ रनको लक्ष्य दिएको छ । हैदरावादस्थित जिमखाना मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ३२ ओभर १ बलमा अलआउट हुँदै नेपालले भारतको ‘भारत एल्लो’ टिमलाई ११५ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि कुशल मल्लले सर्वा्धिक २६ रनको योगदान गरे । यस्तै शेर मल्लले १४ रन बनाउँदा अरुण ऐरीले १३ र प्रतिष जिसीले ११ रनको योगदान गरे । बलिङतर्फ भारतका विद्याधर पाटिल, राक्षन, सुभाङ हेज, मुज्ताबा युसुफ र रबी रोशनले समान दुई–दुई विकेट लिए । सिरिजमा नेपालसहित भारतको तीन टिमले खेल्ने छन् । जसमा भारतको टिमलाई भारत ‘ब्लु’, भारत ‘रेड’ र भारत ‘एल्लो’ नाम दिईएको छ ।
प्रतिक्रिया