नेपाल-भारत सम्बन्ध अझै सुमधुर र प्रगाण बनाउनु पर्छ : मन्त्री बाेहरा

नेपाल-भारत सम्बन्ध अझै सुमधुर र प्रगाण बनाउनु पर्छ : मन्त्री बाेहरा


कैलाली-  प्रदेश न ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भारतसंग परापुर्वकाल देखि नै हाम्राे (नेपालीकाे)  सम्बन्ध राम्राे भएको र संस्कृति संस्कार मिल्ने भएकोले नेपाल-भारत सम्बन्धलाई अझै सुमधुर र प्रगाण बनाउनु पर्ने बताएका छन् ।

नेपाल-भारत मैत्री संघको २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री बोहराले  नेपाल-भारत सम्बन्ध अझ प्रगाण बनाउनु पर्ने बताइएका हुन् ।

नेपाल र भारतको सिमा खुल्ला भएको हुदाँ संसारमा नेपाल र भारत जस्ताे असल छिमेकि अरू काँहा छ भन्दै मन्त्री बाेहराले भने ‘भारत विश्को ४  अाैँ  महाशक्तिको रुपमा उदायकोे छ, हामीले भारतको बजारसंग सहकार्य गरेर नेपाल भारत सम्बन्धलाई आर्थिक र कुटनितिक रुपमा अझ सुमधुर बनाउन प्रदेश सरकार संघिय सरकारको सहकार्यमा पहल गर्ने दावी गरे ।

कृषिमा रहको व्यापर घाटा घटाउन प्रदेश सरकारले कृषिलाई विशेष प्रथमिकतामा राखेर अब प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणको बाटो अबलम्ब गर्नु प्याकेजमा कार्यक्रम ल्याउने याेजना रहेकाे उनले बताए । नेपाल भारत मैत्री संघले आयोजनामा भएकाे उक्त कार्यक्रमको अध्यक्षता नेपाल भारत मैत्री संघल अध्यक्ष हरि शंकर ठाकुरले गरेका थिए ।