नेपाल-भारत सम्बन्ध नयाँ ढंगबाट अघि बढ्छ : प्रधानमन्त्री ओली

नेपाल-भारत सम्बन्ध नयाँ ढंगबाट अघि बढ्छ : प्रधानमन्त्री ओली


वीरगञ्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने बताएका छन् ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास गर्दै उनले छिमेकी मुलुक भारत–नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकाले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब १० अर्ब को लगानीमा सो केन्द्र निर्माण हुन लागेको हो ।