काठमाण्डु – नेपालका विभिन्न जलविद्युत परियोजनाहरूबाट ११,००० मेगावाट ऊर्जा पाइपलाइनमा रहेको बेला नेपाल र भारतले पाँच प्रसारण लाइनको निर्माण, स्तरोन्नति र लगानी मोडालिटीमा नयाँ सम्झौता गरेका छन् ।
भारतको नयाँ दिल्लीमा भएको ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त कार्यदलको १२ औं बैठकले ४०० किलोभोल्ट क्षमताका दुई सीमापार प्रसारण लाइनहरूको लगानी मोडालिटीलाई अन्तिम रूप दिएको छ ।
विद्युत वृद्धिका लागि थप तीन प्रसारण लाइनलाई यथाशीघ्र निर्माण गर्ने सहमति पनि भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देव सहभागी भएका थिए ।
नेपाल र भारतले संयुक्त उद्यम मार्फत ४०० किलोवाट दुहबी–पूर्णिया र दोधारा–बरेली सीमापार प्रसारण लाइनहरूको लगानी मोडालिटीमा सम्झौतामा गरेका हुन् ।
यी दुवै सीमापार प्रसारण लाइनहरूको निर्माण चार वर्षमा सम्पन्न गरिने लक्ष्य राखिएको छ । दुई देशले क्रमशः २०२७–२०२८ सम्ममा दुहबी–पूर्णिया पावर लाइन र २०२८–२०२९ सम्ममा दोधारा–बरेली पावर लाइन सम्पन्न गर्ने सहमति गरिसकेका छन् ।
यसअघि, भारतले आफ्नो भूभागमा दुई सीमापार प्रसारण लाइन निर्माणमा नेपाललाई संलग्न गराउन चाहेको थिएन । यद्यपि दुई देशले संयुक्त रूपमा बुटवल–गोरखपुर सीमापार लाइनको निर्माण गरिरहेका छन् ।
४०० किलोवाटको बुटवल–गोरखपुर लाइन निर्माणमा नेपाल र भारतको आधाआधा लगानी छ । नेपाल विद्युत प्राधिकरण र भारतीय पावर ग्रिड कर्पोरेशनले संयुक्त उद्यम स्थापना गरी दुई परियोजनामा लगानी गरिरहेको छ ।
यसअघि भएको दशौं र एघारौं बैठकमा नेपाली पक्षले संयुक्त उद्यम मार्फत यी दुई सीमापार लाइन निर्माण गर्ने प्रस्ताव गरेको थियो । तर भारतीय पक्षले नेपाली खण्ड नेपालले आफैं निर्माण गर्ने र भारत खण्ड भारतीय कम्पनीले निर्माण गर्ने प्रस्ताव गर्दै आएको थियो । यो विवादको प्रमुख कारण थियो ।
दुई देशले मार्चसम्ममा १२० किलोमिटर लामो विद्युत लाइन निर्माण गर्ने छन् । तर नेपाली अधिकारीहरूका अनुसार यो समयसी भित्र पूरा गर्न गाह्रो छ ।
करिब २० किलोमिटर लामो यस लाइनको नेपाल खण्डलाई अमेरिकी सहयोग प्राप्त मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टले आर्थिक सहयोग गर्नेछ ।
दुवै देशका अधिकारीहरूले ८०० मेगावाट बिजुली प्रसारण गर्नेे एक मात्र उच्च क्षमताको ४०० किलोभोल्ट ढल्केबर–मुजफ्फरपुर सीमापार लाइनको क्षमता बढाउन पनि सहमति जनाएका छन् ।
यो परियोजना २०३० सम्ममा सम्पन्न हुनेछ । भारतले दीर्घकालीन विद्युत व्यापार सम्झौता अन्तर्गत १० वर्षमा नेपालबाट १०,००० मेगावाटसम्म खरिद गर्ने वाचा गरेको छ । जसका कारण थप उच्च क्षमताका लाइनहरू आवश्यक परेको छ ।
यसका साथै, दुवै पक्षले तीन प्रसारण लाइनहरू ४०० केभीको निजगढ (बारा)–मोतिहारी (बिहार), कोहलपुर–लखनऊ (उत्तर प्रदेश) सीमापार लाइन र २२० केभी चमेलिया–जौलाजिवी सीमापार लाइन निर्माण गर्न पनि नेपाल र भारत सहमत भएका छन् ।
यसका साथै दुई सीमापार लाइनहरू (४०० केभी निजगढ–मोतिहारी लाइन र कोहलपुर–लखनऊ लाइन) को अध्ययन सकिएको छ ।
तिनीहरूको अपेक्षित निर्माण समय सीमा २०२८ हो । त्यस्तै, २२० केभी चमेलिया–जौलाजीवी लाइनको लागि सम्भाव्यता अध्ययन मार्च सम्ममा पूरा हुनेछ ।
प्रतिक्रिया