काठमाण्डु– नेपाल इन्स्योरेन्सले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।
इन्स्योरेन्सले कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा राखेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ भने कम्तिमा १ हजार कित्ता सेयरको लागि आवेदन सकिनेछ ।
इन्स्योरेन्सको उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनी वा जोकोही योग्य व्यक्ति तथा कम्पनीले आवेदन दिन पाउनेछन् ।
इन्स्योरेन्सको संस्थापक सेयरमा आज भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने छ । बोलपत्र आवेदन फाराम इन्स्योरेन्सको बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटमा पेश गर्न सकिने छ ।
प्रतिक्रिया