काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले बधाई दिएका छन्।
शनिबार भएको बालकोटमा भएको भेटमा ओलीले आफू र आफ्नो गठबन्धन संविधान र कानुनको परिधिमा रहेर काम गर्ने बताए।
भ्रष्टाचार न्यूनिकरण, विकास, समृद्धि, पारदर्शीता जस्ता कुरालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
ओलीले आगामी सरकार असमानता, गरिबी, सामाजिक विभेद जस्ता नेपाली समाजका वेथिती हटाउन प्रयासरत रहने बताए।
राजदूत ओगावाले नेपालमा अब स्थायी सरकार निर्माण हुने अपेक्षा आफूले गरेको बताए।
उनले नेपालको विकास निर्माणमा जापानले विगतदेखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया