काठमाण्डु – टी–२० श्रृङखलाको चौथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको छ । नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले १ सय १ रनको विजयी लक्ष्य पाएको थियो ।
२० ओभरमा सबै विकेट गुमाउँदै नेपालले ९४ रन मात्रै जोड्न सक्यो । नेपालका लागि रोहित पौडेलले ४७ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
केन्याको वलिङमा राखेप पट्टेलले सर्वाधिक ३ विकेट लिए । एलिज ओटिन्हो सेम एन्गोचे र भिराज पट्टेलले समान दुई विकेट लिए । आज पराजित भएसँगै नेपाललाई केन्यासँगको श्रङ्खलाको उपाधि जित्न भोलि हुने अन्तिम खेलमा जित निकाल्नै पर्ने दवाव छ ।
प्रतिक्रिया