न्युयोर्क– नेपाल र लाईबेरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युर्योक स्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा शुक्रवार दुई देशबीच औपचारिक रुपमा द्धिपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराई र लाइबेरियाका लागि स्थायी प्रतिनिधि लुईस जी ब्राउनबीच उक्त सम्झौतामा न्युयोर्कमा हस्ताक्षर भएको छ ।
लाईबेरियामा लामो समयदेखी नेपाली शान्ती सैनिक समेत कार्यरत छन् । सन् १८४७ मा स्वतन्त्र भएको लाइबेरिया राष्ट्रसंघका ५१ पुराना सदस्य राष्ट्रहरु मध्य एक हो । नेपाल र लाईबेरिया दुवै संयुक्त राष्ट्र संघका अतिकम विकसित देशहरुको समुह जी–७७ र असंलग्न आन्दोलनमा सहभागि छन् ।
लाइबेरियासंग कुटनीतिक सम्बन्ध सम्बन्ध स्थापना भएसंगै नेपालको १५० देशसंग औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
कुटनीतिक सम्बन्ध स्थापनाका लागि हस्ताक्षेर गर्दैै नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराई र लाइबेरियाका लागि स्थायी प्रतिनिधि लुईस जी ब्राउन ।
प्रतिक्रिया