लिपुलेकसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

लिपुलेकसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

आधिकारिक नक्सा सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने छ । यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ ।

मन्त्री अर्यालले भारतसँग कुरा गरेर गुमेको भूभाग फिर्ता ल्याइने बताइन् । उनलेयसले नेपालको मान चित्र विश्वमा उँचो भएको बर्ताएकी छन् । नेपाल निर्माणको २५० को वर्षमा धेरै अबरोह झेलेको बताउँदै उनले जस्तोसुकै अवरोध भए पनि नझुक्ने बताइन् ।